Like us!
Follow us!
Connect us!
Watch us!

कुन देशमा दशैँ टीकाको उत्तम साइत कहिले ? हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, १२ : ०६ मा प्रकाशित

कुन देशमा दशैँ टीकाको उत्तम साइत कहिले ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितीले विभिन्न देशमा बडादशैँको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्नेबाट दशैँको टिकाको साइत माग भएपछि समितिले असोज २० गते बसेको बैठकको निर्णय बमोजिम टिकाको साइत सार्वजनिक गरेको हो ।

समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।

समितिका अनुसार भारतको दिल्लीमा स्थानीय समयानुसार बिहान १०:३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५, केन्टुकीमा बिहान ११:०७, टेक्सासमा बिहान ११:५७, क्यालिफोर्नियामा ११:४५, बेलायतको लण्डनका लागि बिहान ११:३९, क्यानडाको टोरन्टोका लागि बिहान ११:४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११:३७ र फ्रान्सको पेरिसका लागि बिहान ११:४१ बजेको साइत उत्तम रहेको छ ।

यसैगरी जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११:३५, अष्ट्रेलियाको सिड्नीमा बिहान ०९:४३, अष्ट्रेलियाको मेलबर्न शहरमा बिहान ९:५३ बजे, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९:५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०:३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०:४३, कतारको दोहामा बिहान १०:२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०:३३, दक्षिण कोरियाको सोलमा बिहान १०:२७, इजरायलको तेल अभिभमा बिहान १०:३७, सिङ्गापुरमा बिहान १०:४१, हङकङमा बिहान १०:४९, साउदी अरबमा बिहान १०:२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०:१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसअघि नै नेपालका लागि दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको