स्टक ब्रोकरले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीहरुमा समेत उच्च जोखिम रहेको भन्दै हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न आग्रह गरेको हो ।
हालको परिस्थितिमा खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाट नै गर्न स्टक ब्रोकरले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस