अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले डिजिटल वालेट मार्फत हुने कारोबार चालु आर्थिक वर्षको पुस मसान्तसम्म निशुल्क गर्न निर्देशन दिएकाे छ ।
राष्ट्र बैकले कोभिड-१९ को असज अवस्थालाई दृष्टिगत गर्दै आगामी पुस मसान्तसम्मका लागि डिजिटल वालेट मार्फत हुने कारोबार निशुल्क गर्न बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निर्देशन दिएकाे हो ।
राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशिका २०७७, अ. प्रा. निर्देशन नं. ५।२०७७ को बुदा नं. २ मा खण्ड 'घ' थप गर्दै यस्तो व्यवस्था गरेको हो ।
त्यसैगरी, राष्ट्र बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुको लागि सेवा शुल्क समेत तोकेको छ । सरकारलाई बुझाउने राजस्व अनुसार न्युनतम ५ रूपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म शुल्क लाग्नेछ । जसअनुसार, १ हजार रुपैयाँको राजस्व भुक्तानी निःशुल्क, १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लिनु पर्नेछ ।
याे आगामी माघदेखि वालेटमार्फत राजस्व भुक्तानी गर्दा लाग्ने सेवा शुल्क हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस