Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १३ : १९ मा प्रकाशित

कोरोना संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु

अर्थ संसार, काठमाडौं - विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा  नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।  

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका  ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये  ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।  संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र १ लाख ५  हजार ६ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्, भने ती मध्ये ७४ हजार २ सय ५२ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । हालसम्म नेपालमा ६ सय १४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको