Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले बढ्यो सेयर बजार, मुक्तिनाथ विकास बैंकका लगानीकर्ता मालामाल

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १५ : ३३ मा प्रकाशित

झिनो अंकले बढ्यो सेयर बजार, मुक्तिनाथ विकास बैंकका लगानीकर्ता मालामाल

आजको सेयर तालिका । 

अर्थ संसार,  काठमाडौँ - सेयर बजार आज (सोमबार) झिनो अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १.७४ अंकले बढेर एक हजार ५७८.०१ मा पुगेको छ । नेप्से ०।११ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.३७ अंकले बढेर ३१३.१० मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीको ६८ लाख १५ हजार ७ सय १० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर मात्र घटेको छ ।

त्यसैगरी, सोमबार कारोबार रकमको आधारमा मुक्तिनाथ विकास बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको १६ करोड ५० लाख ८ हजार ८ सय २१ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।  प्रतिकित्ता ३३ रुपैयाँ बढेर  ३ सय ६८ रुपैयाँ पुगेको छ । ९.८५ प्रतिशतले बढेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको