Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको कारोबार आजदेखि खुल्ने, ओपन रेञ्ज कति ?

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, ०७ : १४ मा प्रकाशित

जनरल इन्स्योरेन्सको कारोबार आजदेखि खुल्ने, ओपन रेञ्ज कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) बाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे कारोबार खुल्ला हुने भएकाे छ । कम्पनीले हिजो (सोमबार) नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कारोबार खुल्ला हुने भएकाे हाे ।

हिजाे कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका जिआइसी  (GIC)  संकेत प्रदान गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको