Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी २ कम्पनीको विशेष साधारण सभा हुँदै, मर्जर सम्बन्धि विशेष प्रस्ताव पारित गरिने !

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १० : ४३ मा प्रकाशित

बुधबार यी २ कम्पनीको विशेष साधारण सभा हुँदै, मर्जर सम्बन्धि विशेष प्रस्ताव पारित गरिने !

अर्थ संसार, काठमाडौं – भोलि (बुधबार) २ कम्पनीको विशेष साधारण सभा हुँदैछ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा हुन लागेको हो । विशेष सभाले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । 
दुवै कम्पनीको असाेज ७ गते बुधबार छुट्टाछुट्टै बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार विशेष साधारण सभा असोज २८ गते बुधबार बोलाइएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड :

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा असोज २८ गते बुधबार बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ । विशेष साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असोज १६ गतेदखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । तसर्थ असाेज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड :

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडकाे असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे विशेष साधारण सभा असोज २८ गते बुधबार, कम्पनीकाे केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सहमती भएपछि गत पुस २८ गतेदेखी नै फाइनान्सकाे शेयर काराेबार राेक्का गरिएकाे छ । त्यसैले, पुस २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको