अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेजन(नेप्से) मा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनीको सेयर मंगलबार कारोबार हुन सकेन छैंन । नेप्सेमा आज विहान भएको प्रि म्याचिङ सेसनमा म्याचिङ हुन नसकेपछि कारोबार नभएको हो । कम्पनीको आइपिओ हिजो (सोमबार) नेप्सेमा शेयर सूचिकृत भएसँगै आजदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न तयारी भएको थियो ।
हिजाे कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका जिआइसी (GIC) संकेत प्रदान गरिएको छ ।
विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस