अर्थ संसार, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले ओरालाे लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.४२ अंकले घटेर एक हजार ५६८.५९ मा पुगेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ३११.४१ मा पुगेको छ ।
कूल १९३ वटा कम्पनीकाे ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ।
त्यसैगरी, मंगलबार अरुण काबेली पावरले सर्वाधिक काराेबार गर्न सफल भएकाे छ । कम्पनीकाे ११ कराेड २६ लाख २१ हजार ४ सय ७३ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आजको शेयर तालिका हेर्नुहोस्
विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस