Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्मै, जनरल इन्स्योरेन्स सेयरधनीको रोजाइमा

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १५ : २० मा प्रकाशित

सेयर बजार राताम्मै, जनरल इन्स्योरेन्स सेयरधनीको रोजाइमा


अर्थ संसार, काठमाडौं–  बुधबार सेयर बजारमा राताम्मै छाएको छ ।  बजारमा ७.४२ अंकले घट्दा कारोबार भएको १२ वटा समूहमध्ये ११ वटा समूह ओरालो लगेको छ ।

  कूल १९५ वटा कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता सेयर खरिदबिक्री हुँदा  १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ रुपैयाँको कारोबार भएको छ ।

 क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.६६ अंकले घटेको छ । घटेको बजारमा होटल समूह मात्रै २.३८ अंकले बढेको छ । यता, बैकिङ ३.५९ अंक, व्यापार ३.७३ अंक, विकास बैंक ४१.९१ अंक, जलविद्युत १६ अंक, फाइनान्स १०.९ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स २२.०८ अंक, उत्पादन २.३३ अंक, अन्य ५.९ अंक, माइक्रोफाइनान्स ५.३२ अंक, लाइफ इन्स्योरेन्स ३३.५१ अंक र सामूहिक लगानी कोष ०.०७ अंकले घटेको छ । 

जनरल इनस्योरेन्स लगानीकर्ताको रोजाइमा 

आज अर्थात बुधबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा लगानीकर्ता आकर्षित भएको छन् ।  बजारमा बेच्ने भन्दा पनि किन्ने लगानीकर्ताको भीड देखिन्छ । दोस्रो बजारमा सवै भन्दा धेरै बुधबार जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । नेप्सेमा यस कम्पनीको सेयर ९.८४ अंकले बढेको छ । बुधबार जनरल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ रहेको छ । 

बढ्ने कम्पनीहरु 


घट्ने कम्पनीहरु 

 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको