Like us!
Follow us!
Connect us!
Watch us!

मिसेस नेपाल लागि आवेदन खुल्ला

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १६ : ४६ मा प्रकाशित

मिसेस नेपाल लागि आवेदन खुल्ला

अर्थ संसार, काठमाडौं– बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ । 

आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो बर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्ति मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र  ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिहरुबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए  
प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए । उनीहरु बिभिन्न अन्तराष्ट्रिय उपाधि समेत नेपाल ल्याउन सफल रहेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको