Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले बढ्यो शेयर बजार, कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अब्बल !

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १५ : ०२ मा प्रकाशित

झिनो अंकले बढ्यो शेयर बजार, कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अब्बल !

अर्थ संसार, काठमाडौँ - साताको अन्तिम दिन आज (बिहिबार) शेयर बजारमा झिको अंकले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १.२९ अंकले बढेर एक हजार ५६२.४६ मा पुगेकाे छ । नेप्से ०.०८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०,३३ अंकले बढेर ३१०.०८ मा पुगेको छ ।

कूल १९६ वटा कम्पनीकाे ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७ सय ३८ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

त्यसैगरी, बिहिबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक काराेबार गर्न सफल भएकाे छ । कम्पनीकाे ७ कराेड ४० लाख ८४ हजार २ सय २३ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको