Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १७ : ३० मा प्रकाशित

ओपोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा

अर्थ संसार, काठमाडौं - ओपोले सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ । ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । 

सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ । नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै ब्यवसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइ सकेका छन् । 
 
‘ब्राण्डका रुपमाओपोले सँधै यूवा माथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मक रुपमा आफुमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिब्यक्ति र मनोरञ्जन उद्योग यूवा पुस्ताको रुचिको विषय हो । तिनको रुचिसंग मेल खाएको लोक प्रियकार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुशीको विषय हो’, ओपो नेपालकाब्राण्ड निर्देशक, पियरसन शेनले भने । 

‘ओपो द भ्वाइस अफ नेपाल’ले यूवा प्रतिभामा निहित गायन कलालाई लाखौँ/करोडौँ पारखी तथा दर्शकहरु माझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको छ । साथै, यो कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसर समेत प्रदान गर्ने निश्चित छ । देशभर छरिएर बसेका यूवा प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्न तथा निखार्न यो प्ल्याटफर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । साथै, तिनले मनोरञ्जन उद्योगमाआफ्नो स्थान सुनिश्चितपार्न समेत सघाव मिल्नेमा दूई मत नरहेको आयोजकले बताएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको