Like us!
Follow us!
Connect us!
Watch us!

वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, १० : ०८ मा प्रकाशित

वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु

अर्थ संसार, चितवन-खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । 

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो । आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उहाँको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

 अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उहाँको उपचार भईरहेको थियो । उहाँ नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएको थियो । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गर्नुभएको छ । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको