Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्य शुरु

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, १२ : ०० मा प्रकाशित

अपि पावरको ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्य शुरु

 अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले आफ्नो तेश्रो जलविद्युत आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको शिलान्यास गरेको छ । कम्पनीले कार्तिक १ गते घटस्थापनाका दिन निर्माण कार्यको शिलान्यास गरेको हो । 

मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले आयोजनाको शिलान्यास गरेका हुन् । उक्त आयोजना २०७७ साल कार्तिक १ गतेबाट शुरु गरी आगामी २० महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने गरी कार्य गरिरहेको कम्पनीले बताएको छ ।  

सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिनेछ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत ने.वि.प्रा.को वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । 

यस आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड रुपैयाँ  लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड रुपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई कम्पनीले काम गरिरहेको छ । 

बाँकी ७० प्रतिशतले हुने रकम ५ अर्ब १८ करोड रुपैयाँ हिमालन बैंक लिमिटेडको अगुवाईमा बिभिन्न बैंक तथा वित्तिय संस्थाहरु सहभागी भई आयोजनाको सह–वित्तियकरण (Consortium) बनाई बैंक ऋण प्रवाह गर्ने गरी वित्तिय व्यवस्थापन गर्ने सम्झौता भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको