Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनीको हकप्रद शेयर आजबाट बिक्री खुल्ला !

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, १७ : ५९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडलेको हकप्रद शेयर आज (कात्तिक १४ गते शुक्रबार) देखि निष्कासन तथा बिक्री खुल्ला भएको छ । 

कम्पनीले चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, २०७६ साल  फागुन ३० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आज कार्तिक १४ गतेबाट मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

थप जानकारीको लागि भिडियो हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको