Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरकाे हकप्रदमा किन लगानी गर्ने ? कार्यकारी संचालक न्याैपानेसँगकाे कुराकानी (भिडियाेसहित)

अर्थ संसार टक

शुक्रबार, १४ कार्तिक २०७७, १२ : ०८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गरिरहेकाे छ । उक्त कम्पनीकाे हकप्रद सेयरधनीले किन किन्ने ?  कम्पनीका कार्यकारी संचालक  सञ्जिव न्याैपाने कम्पनीकाे बजार मूल्यभन्दा निकै सस्ताे (१ सय रूपैयाँ) मै पाइने हकप्रद अपि पावरका सेयरधनीलाई लगानी गर्न राम्राे अबसर हुने  बताउँछन् । कम्पनीले जलविद्युत क्षेत्रमा प्रतिकूल परिस्थिति रहेका बेला समेत राम्राे प्रतिफल दिइरहेकाे बताए । कम्पनीले अघिल्लाे बर्षकाे मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ ।  गत आर्थिक बर्षकाे मुनाफाबाट पनि सेयरधनीलाई दाेहाेराे अंशमा लाभांश घाेषणा गर्ने तयारी गरेकाे छ । 

अपी पावर २०६० सालमा स्थापित भएको हो । सुरुमा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको यो कम्पनी २०७० सालमा पब्लिक कम्पनीमा परिणत भएको हो । अपि पावर कम्पनी नेपाल एक्सचेन्ज स्टक (नेपसेमा) सुचिकृत छ ।

अपीले दार्चुला जिल्लामा (नौगडगाड जलविद्युत आयोजना ८.५ मेगावाट तथा र अपर नौगडगाड जलविद्युत आयोजना ८.० मेगावाट) जम्मा १६.५ मेगावाट क्षमताका दुईवटा जलविद्युत आयोजनाहरु निर्माण गरी राष्ट्रिय प्रसारण लाईनमा विद्युत प्रवाह गरिरहेको छ । 
 
अपि पावर कम्पनीले कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माणको काम सुरु गरेको छ । कार्तिक १ गते घटस्थापनाको दिन शिलान्यास गरी उक्त आयोजनाको निर्माणको काम सुरु गरेको हो ।

कम्पनीले ५६ लाख ७० हजार हकप्रद साधारण शेयर आजबाट (कार्तिक १४ गते शुक्रबार) बाट निष्काशन गरेको छ । कम्पनीले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । २०७६ फागुन ३० गतेसम्म सेयर किनेकाहरूले यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
 
कम्पनीका प्रवन्ध निर्देशक न्यौपानेका अनुसार उक्त हकप्रद २०७६ चैत महिनामा निष्काशन गर्ने तयारी थियो । तर कोरोना भाइरसका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण कम्पनीले त्यतिखेर हकप्रद निस्कासन स्थगित गरेर अहिले खुलाएकाे हाे । कम्पनीले १७औं साधारणसभाको तयारी गरेर मंसिरकाे पहिलो साता १६औं र १७औं एकैपटक गर्ने तयारी गरेकाे छ । 


कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्याैपानेसँग गरिएकाे कुराकानी पाठकसामु प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको