अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २५ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज (कार्तिक २ गते, आइतबार) नेप्सेमा सुचीकृत २५ कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
उक्त कम्पनीहरूले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएका हुनाले शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगित गरेकाे हाे । हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीहरूको शेयर कारोबार रोक्का हुने व्यवस्था रहेको छ ।
नेप्सेले गत असोज १३ गते सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको थियो ।
काराेबार राेक्का भएका कम्पनीहरू:
बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस