अर्थ संसार, काठमाडौँ - साताको पहिलो दिन आज (आइतबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.६६ अंकले घटेर एक हजार ५५६.८० मा पुगेकाे छ ।
नेप्से ०.३६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.८१ अंकले घटेर ३०८.२७ मा पुगेको छ ।
कूल १८७ वटा कम्पनीकाे ४३ लाख ५२ हजार १० कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड २७ लाख ४८ हजार १ सय ८१ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज जम्मा २ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे शेयर घटेकाे छ।
आजको शेयर तालिका हेर्नुहोस्:-
बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस