Like us!
Follow us!
Connect us!
Watch us!

आज बडा दशैँको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजा गरिँदै

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०७ : १३ मा प्रकाशित

आज बडा दशैँको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजा गरिँदै

अर्थ संसार, काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैँको तेस्रो दिन आज (सोमबार) माता चन्द्रघण्टाको पूजा गरिँदैछ ।

बडादशैंको नवरात्र अन्तर्गत दोस्रो दिन आज देवी दुर्गाका स्वरूपमध्ये आज चन्द्रघण्टाको पूजा गरिन्छ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 
दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । नौ दिन नवदुर्गालाई पुगेपछि दशैँ दिन नवदुर्गाको प्रसाद स्वरूप टिका ग्रहण गरिन्छ ।

विगतका वर्षहरुमा दशैंको अवधिभर देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको बिहानैदेखि भीड लाग्ने गर्दथ्यो । तर यस वर्ष कोरोना भाइरसको संक्रमणले निम्त्याएको विषम परिस्थितिका कारण त्यो असम्भव भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको