Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरलको आइपिओ ओपनिङ्ग रेञ्ज कति होला ?

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, १२ : ४५ मा प्रकाशित

सानिमा  जनरलको आइपिओ ओपनिङ्ग रेञ्ज कति होला ?

अर्थ संसार, काठमाडौँ सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आइपिओ) को ओपन रेन्ज कति होला ? आम लगानीकर्ताको मनमा उब्जिएको प्रश्न अहिले छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको पहिलो कारोबार अब छिट्टै हुनेछ । 

असोज २१ गते, बुधबारदेखि असोज २५ गते आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर ९आइपीओ० को बाँडफाँड असोज ३० गते, शुक्रबार भएको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पै

सा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले १० कित्ता शेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५ सय ८५ जना आवेदकको हात खाली भएको थियो । 


सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/७६ को  प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७३ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३११ रुपैयाँ १९ पैसा हुन्छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज तोकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको