Like us!
Follow us!
Connect us!
Watch us!

८ अर्ब रुपैयाँको आइपिओ आउँदै

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १० : ३५ मा प्रकाशित

८ अर्ब रुपैयाँको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं- नेपाल इन्फ्रास्टक्चर बैंकले  ८ अर्ब रुपियाँको ८ करोड कित्ता सर्वसाधारण शेयर  आइपिओ  निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशन लगायतको एजेण्डासहितको प्रस्तावहरु मंसिर ३ गते हुने दोस्रो वार्षिक साधारणसभाले पारित गर्नेछ । 

आइतबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ १० बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । 

कोरोना १९ को महामारीको जोखिमका कारण साधारण सभा अनलाइन प्रविधि मार्फत समेत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई कन्फ्रेन्सको लिंक र आईडी/पासवर्ड उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने सञ्चालक समितिको निर्णय बमोजिम बैंकको जारी पूँजी अन्तरगत सर्वसाधारण समूहका लागि छुट्याईको ४० प्रतिशत (सर्वसाधारण समूह भित्र नै वर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ०.२ प्रतिशत शेयरसहित) ले हुने ८ करोड कित्ता शेयर निष्काशनका लागि आईपर्ने सम्पूर्ण कार्य गर्नका लागि  सञ्चालक समिति वा सञ्चालक समितिले तोकिएका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको