Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब आयलद्वारा १० प्रतिशत नगद लाभांश घोषणा

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १८ : २० मा प्रकाशित

नेपाल ल्युब आयलद्वारा १० प्रतिशत नगद लाभांश घोषणा

अर्थ संसार, काठमाडौं - नेपाल ल्युब आयल लिमिटेडको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  

साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जुममार्फत संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थिती बाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यममार्फत १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी रहेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनका निमित्त असोज २२ गतेबाट कार्तिक ५ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको