Like us!
Follow us!
Connect us!
Watch us!

ग्रिनलाईफ हाइड्रोपावरले बोलायो २ वर्षको वार्षिक सभा, कहाँ र कहिले ?

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, ०९ : ४४ मा प्रकाशित

ग्रिनलाईफ हाइड्रोपावरले बोलायो २ वर्षको वार्षिक सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं - ग्रिनलाईफ हाइड्रोपावर लिमिटेडले दशौँ र एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ  ।  कम्पनीको कार्तिक ३ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार उक्त सभा कार्तिक २८ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा भिडियो कन्फरेन्स माध्यमबाट बिहान ११ बजे शुरु हुनेछ  । 

सभामा संचालक समितिको दशौँ तथा एघारौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ  । 

यस्तै सभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण परतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाबलाई पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ  । 

साधारणसभाबारे अन्य जानकारीका लागि कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको