Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीनलाइफ हाइड्रोपावरले शतप्रतिशत हकप्रद ल्याउने, एकैचोटी बोलायो तीन आवको साधारणसभा

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १० : ४७ मा प्रकाशित

ग्रीनलाइफ हाइड्रोपावरले शतप्रतिशत हकप्रद ल्याउने, एकैचोटी बोलायो तीन आवको साधारणसभा

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित तेह्रौं,चौधौं र पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको असोज ८ गते बसेको बैठकले सभा कात्तिक १८ गते बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।

त्यस्तै आव ०७८/७९,०७९/८० र ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०७९/८० र ०८०/८१ का लागि भएको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गरी आव ०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी, सभामा सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्न एक जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसका आधारमा कात्तिक ११ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्। यस पटक कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव भने अघि सारेको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको