Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्राेपावरको शेयर कारोबार आजबाट खुल्ला, ओपनिङ्ग रेञ्ज कति पायो ?

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, ०९ : ४० मा प्रकाशित

शिव श्री हाइड्राेपावरको शेयर कारोबार आजबाट खुल्ला, ओपनिङ्ग रेञ्ज कति पायो ?

अर्थ संसार, काठमाडौँ -  शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे शेयर कारोबार खुल्ला भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  आज (कार्तिक १२ गते, बुधबार) बाट कम्पनीकाे शेयर कारोबार खुल्ला भएकाे हो ।

नेप्सेमा गत बिहीबार कम्पनीकाे १ कराेड ४७ लाख ६४ हजार कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मकाे ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

कम्पनीले २०७६ साल असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १ सय ४० कित्ता साधारण शेयर (आइपिओ)  निष्कासन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको