Like us!
Follow us!
Connect us!
Watch us!

भदौ १९ गतेदेखि हकप्रद निष्कासन गर्दै शिव श्री हाइड्रोपावर

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, १० : ३३ मा प्रकाशित

भदौ १९ गतेदेखि हकप्रद निष्कासन गर्दै शिव श्री हाइड्रोपावर

शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यही भदौ १९ गतेदेखि  हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न कम्पनीले  नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको थियो ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले गत साउन १६ गते नै बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा साउन १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ। हकप्रद निष्कासन तथा बाँडफाँडको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको