Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १ अर्ब २७ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने !

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, १७ : ०० मा प्रकाशित

राष्ट्र बैंकले १ अर्ब २७ करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने !

अर्थ संसार, काठमाडौँ -  नेपाल राष्ट्र बैंक लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले  १ अर्ब २७ करोड रुपैयाँ बराबरकाे रकम लगानी गर्न लागेको हो । बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम २७३ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएकाे छ । 

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ कराेड ६० लाख, ‘ख’ वर्गको विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ‘ग’वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर कार्तिक १६ गते दिउँसो ३:३० बजेसम्म  राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको