Like us!
Follow us!
Connect us!
Watch us!

सुखद् भएन, यसपालिको बडा दसैं !

निनाम कुलुङ ‘मंगले

सोमबार, १७ कार्तिक २०७७, ०८ : ४२ मा प्रकाशित

सुखद् भएन, यसपालिको बडा दसैं !

नेपाल, भारत, श्रीलंका, फिजी, मौरिसस, मलेसिया, इन्डोनेसिया लगायत विश्वका अन्य देशमा रहेका हिन्दु धर्मालम्बीहरुले दसैँ चाडलाई आफ्नो प्रमुख र महत्वपूर्ण चाडको रुपमा मान्ने गरेका छन् । स्मरणीय छ, दसैँलाई देश, भाषा र परम्पराअनुसार अनेक नामले पुकारिन्छ ।

जस्तै ‘दसैं’, ‘बडा दसैं’, ‘मोहनी’, ‘दूर्गा पूजा, ‘दसेरा’, ‘दशहरा’, ‘विजया दशमी’ ‘नव दूर्गा पूजा आदि । यो चाडको असरमा कतिपयले पशु–पंक्षीको बलि दिने गरेको देखिन्छ भने कतिपयले फलफूल र कुभिण्डोको बलि चढाएको देखिन्छ । कतिपयलेचाहिँ दूर्गा पूजा मात्रैगर्ने गर्छन् । स्मरणीय के छ भने, यसरी भारतको पश्चिम बंगाल राज्यमा दसैं अर्थात् दसेरामा दूर्गा पूजा गर्दा पशु–पंक्षीको बलि भने चढाउँदैनन् । दसैँ चाड कसरी मनाउने, किन मनाउने, कसले मनाउने, कसले नमनाउने ? भनी नेपालमा बहस र छलफल भई नै रहेको छ, जसलाई एक हिसावले रामै्र मान्नुपर्ने हुन्छ ।  

तर, पनि तथ्य, प्रमाण, उदाहणहरु र परम्पराहरु हेर्दा दसैँ भनेको कम्तिमा किरातीहरुले मान्ने जातीय चाड होइन कि ?! भन्ने देखिन्छ । हुन त जातीय र धार्मिक रुपमा हेर्दा अझै  पनि बडा दसैं चाड कसको हो ? भन्ने विवाद, बहस र छलफल भई नै रहेको छ । तर, यो पंक्तिकार किराती महाजातिभित्रको कुलुङ जाति र लिम्बुको भाञ्जा (मेरो आमा लुम्फुङवा थरको लिम्बु हो) भएको आधरमा हेर्दा बडा दसैं किरातीहरुले मान्ने जातीय चाड होइन भन्ने नै दरिलो आधार देखिन्छ । किनभने, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरात भूमिलाई वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) गरी तीनभागमा बाँडे (फुटाए !) र, त्यहाँका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ पदवी÷पगरी दिईयो । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दी पनि दिईयो ।

फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु पाउने मुख्खेलीहरु (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए, उनीहरु आफूले पनि हिन्दु धर्म मान्नुपर्ने र, आफू मातहतका रैती अर्थात् ज्यमी, जमी वा जिमी (ढाक्रे !) हरुलाई पनि ‘बडा दसैंं’मा टीको–जमरो लगाई दिएर हिन्दु धर्म मान्नैपर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराईयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ ।

जस्तो यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत ‘सानो सुब्बा’ भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान ‘मौलो’मा बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाईन्थ्यो । त्यसरी घुमाई सकेपछि बाजे अर्थात् ‘सानो सुब्बा’ले हत्तपत्त आफ्नो दुवै हात बोकोकोे रगतमा चोपलेर आप्mनो घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउनु हुन्थ्यो । तर, अलि पर ठूलो गाउँमा ‘मौजे सुब्बा’ अर्थात् ठूलो सुब्बा थिए उनलेचाहिँ आफ्नो  मौलोमा राँगो मार हान्थे भने ती ठूला सुब्बाले पनि मौलोमा मार हानेको राँगोलाई तीन फन्को घुमाई सकेपछि हत्तपत्त आफ्नो दुवै हात रगतमा चोपलेर आफ्नो  घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउथे । 

यसरी हेर्दा पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु दिईयो । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दी पनि दिईयो । फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु पाउने मुख्खेलीहरु (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए, उनीहरु आफूले  पनि हिन्दु धर्म मान्नुपर्ने र, आफू मातहतका रैती अर्थात् ज्यमी, जमी वा जिमी (ढाक्रे !) हरुलाई पनि ‘बडा दसैंं’मा टीको–जमरो लगाई दिएर हिन्दु धर्म मान्नैपर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराईयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ ।

जस्तो यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत ‘सुब्बा’ भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान ‘मौलो’मा बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाईन्थ्यो । त्यसरी घुमाई सकेपछि बाजे अर्थात् ‘सुब्बा’ले हत्तपत्त आफ्नो दुवै हात बोकोकोे रगतमा चोपलेर आफ्नो  घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउनु हुन्थ्यो । तर, बालापन न हो, हामीलाई भने जहिले पनि ‘कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाईएला, टन्न मासु भात खान पाईएला, रोटेपिङ खेल्न पाईएला, बजार जान पाईएला र, रमाईलो गर्न पाईएला !’ भन्ने मात्रै थियो, त्यो बेला । 

काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को राजनैतिक परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो ? भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो– ‘अन्त त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितहरु प्रति थियो । किनभने, हरेक वर्षको दसै लगत्तै जय गोरख नाथ भन्दै जोगी (फेरी नलगाउने कान फट्टा) आउँथ्यो । यदि डाक्टर जगमान गुरुङ लगायत नेपालका अन्य केही विद्घान र संस्कृतिविद भनिनेहरुले भने जस्तै दसैं किरातीहरुको जातीय वा आफ्नो  मौलिक चाड हुन्थ्यो भने विसं १९२० (सन् १८६७) मा दसैं मान्न नमान्दा धनकुटाका ‘राई !’द्घय ‘रामलीहाङ’ र ‘रिदामा’लाई राज्यले किन हत्या गर्यो (मार्यो) त ? स्मरणीय छ, उनीहरु आठपहरिया समुदायका प्रभावशाली र जान्ने बुझ्ने  भएको नाताले ‘राई !’ भएका थिए । 

हुन त कुनै पनि चाडबाड, पर्व, मेला, जात्रामात्र, महोत्सवहरु भनेको अर्थ राजनीतिसँग पनि जोडिएको हुन्छ । जस्तो कि उदाहरणका लागि सहयोगी ‘न्युज कारोबार अनलाइन न्युज पोर्टल’ले गत कात्तिक ९ गते प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा दसैं, तिहार र छठ पर्वको अवसरमा मात्रै लगभग डेढ खर्बको आर्थिक कारोबार हुन्छ । यो वेला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र नेपालको निजी क्षेत्र (प्रतिष्ठान) मा कार्यरत नेपालीहरुले मात्रै लगभग ६० अर्ब रुपैँया बराबारको चाडपर्व खर्च पाउँछन् । त्यस्तै विदेशमा काम गर्न गएका नेपालीहरुले पनि दसैं, तिहार र छठ पर्वको अवसरमा पठाउने रकम ७० अर्ब रुपैँया बराबर हुन्छ । यता नेपालमै अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार, साना किसान, पशुपालक, लघु–उद्यमी लगायतले पनि लगभग २५ अर्ब रुपैँया बराबर यही चाडबाडको अवसरमा खर्च गर्ने गरेका छन् । तर, यो वर्ष कोरोनाको महामारीका कारण रेमिट्यान्सबाहेक अरु क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । फलतः दसैं, तिहार र छठ पर्व पनि नराम्रोसँग प्रभावित भयो/भएको छ । 

त्यसो त देशमा आएको परिहाल तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजाति लगायत जात,वर्तनलाई महसुस गरेरै होला सबै जात, जाति, धर्म, सम्प्रदायका मान्छेहरुले मान्ने धर्म र उनीहरुका चाडबाड, संस्कार–संस्कृतिहरुलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय नभए पनि प्रदेश र स्थानीयस्तरमा मान्यता दिन थालेका छन् । उता विगतमा राज्यले हिन्दुहरुको महान चाड बडा दसैंको अवसरमा दिँंदै आएको लामो विदा कटौती गरेर छोट्याएको छ । यसलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । 

हुन त आजभोलि हरेक चाड, पर्व, जात्रामात्रा आदिमा प्रदेशस्तर र स्थानीयस्तरमा सार्वजनिक विदासमेत दिन थालिएको छ । जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ । किनभने, यस्तो कार्यले स्थानीयस्तरमा बसोबास गरेका विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह, सम्प्रदाय आदिले पनि अपनत्व महसुस गर्छन् भने, आफ्नो चाड, पर्व र संस्कार, संस्कृतिप्रति गौरवको अनुभूति पनि गर्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको