Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेयर बजार लगानीकर्ता संघ र अर्थमन्त्रीबीच भेटघाट, लगानीमैत्री वातावरण निर्माणमा जोड

अर्थ संसार

सोमबार, १९ साउन २०८२, २१ : ११ मा प्रकाशित

नेपाल सेयर बजार लगानीकर्ता संघ र अर्थमन्त्रीबीच भेटघाट, लगानीमैत्री वातावरण निर्माणमा जोड

नेपाल सेयर बजार लगानीकर्ता संघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री  तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटघाट गरेको छ । आज (सोमबार) अर्थमन्त्री पौडेलसँग संघको टोलीले अर्थ मन्त्रालयमा भेट गरी नेपालको पुँजीबजारको वर्तमान अवस्था, लगानीकर्ताहरूका हकहित, बजारको उन्नति र प्रगति एवं समय–सापेक्ष सुधारका विषयमा विस्तृत छलफल गरेको हो ।

भेटघाटका क्रममा संघले पुँजीबजारको विकासका लागि अर्थ मन्त्रालयको भूमिकाबारे आफ्नो स्पष्ट धारणा राख्दै एक सुझाव–पत्र समेत पेश गरेको छ । संघका उपाध्यक्ष इन्जिनियर भगवान बहादुर राउतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पुँजीबजारको दिगो विकास र विस्तारका लागि लगानीकर्तामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो । छलफलका क्रममा संघका महासचिव रविन कँडेलले लगानीकर्ताको हित संरक्षणका लागि बलियो पूर्वाधारको सुदृढीकरण, बजारको विकासका लागि गतिशील एवं सकारात्मक निर्णयहरूको कार्यान्वयन तथा नीतिगत स्थिरता आवश्यक रहेको कुरा प्रस्ट्याएका थिए । उनले बजारलाई आधुनिक र विश्वसनीय बनाउन गरिनुपर्ने सुधारका कार्यहरूमा ढिलाइ गर्न नहुने धारणा राखे ।

त्यसैगरी, संघका कार्यसमिति सदस्य सुदर्शन गौतमले पुँजीबजारसँग सम्बन्धित विविध विषयहरूमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । भेटघाटमा उपस्थित संघका पदाधिकारी तथा सदस्यहरूले पनि छलफलमा सक्रियतापूर्वक भाग लिँदै बजारका समस्या र समाधानका उपायहरूबारे आफ्ना विचारहरू राखेका थिए ।

संघद्वारा प्रस्तुत प्रमुख माग तथा सुझावहरू

संघले अर्थमन्त्रीसमक्ष प्रस्तुत गरेको सुझाव–पत्रमा निम्न विषयहरूलाई तत्काल सम्बोधन गर्न जोडदार माग गरेको छः
१. छुट्टाछुट्टै क्ष्क्क्ष्ल् नम्बरको कार्यान्वयनः सीडीएससी (ऋम्क्ऋ) द्वारा जारी गरिएको निर्देशिकाअनुसार हकप्रद, बोनस र साधारण शेयर (क्ष्एइ) का लागि छुट्टाछुट्टै क्ष्क्क्ष्ल् नम्बर अविलम्ब लागू गरी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने।

२. नेप्सेमा तत्काल सुधारः नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीगत तथा प्राविधिक सुधारका कामहरू तत्काल सुरु गरी लगानीकर्ताले भोग्नुपरेका समस्याहरूको अन्त्य गर्नुपर्ने।

३. नियामक निकायको संरचनात्मक सुधारः नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायत पुँजीबजारसँग सम्बन्धित सबै नियामक निकायहरूलाई एउटै छातामुनि (क्ष्लनभि द्यबकपभत) ल्याई एकीकृतरूपमा संरचनात्मक सुधारको प्रक्रिया अगाडि बढाउनुपर्ने, जसले नीतिगत समन्वय र प्रभावकारी नियमन सुनिश्चित गर्नेछ।

अर्थमन्त्रीको प्रतिबद्धता

लगानीकर्ता संघका धारणाहरू ध्यानपूर्वक सुनेपछि अर्थमन्त्री पौडेलले बजारको विकास र विस्तारका लागि अर्थ मन्त्रालय साँच्चिकै काम गर्न इच्छुक रहेको स्पष्ट पारे । उनले पुँजीबजारलाई देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री पौडेलले संघद्वारा प्रस्तुत गरिएका वृहत् धारणा र कार्ययोजनाबारे थप छलफल गर्न मन्त्रालय तयार रहेको बताए । ‘निकट भविष्यमा कुन–कुन पक्षमा कस्तो सुधार आवश्यक छ, त्यसको ठोस पहिचान गरी कार्यान्वयनमा विशेष जोड दिइनेछ । यस विषयमा तपाईंहरू विश्वस्त हुन म अनुरोध गर्दछु,’ मन्त्री पौडेलले भने ।

समग्रमा, भेटघाट अत्यन्तै सकारात्मक र फलदायी रहेको संघले जनाएको छ । अर्थमन्त्रीबाट प्राप्त सकारात्मक आश्वासन र सुधारप्रतिको प्रतिबद्धताले लगानीकर्ताहरूमा आशाको सञ्चार गरेको छ । आगामी दिनमा मन्त्रालयसँगको सहकार्यमा पुँजीबजारले नयाँ गति लिने विश्वास संघले व्यक्त गरेको छ ।

उक्त भेटघाटमा संघका तर्फबाट उपाध्यक्ष इन्जिनियर भगवान बहादुर राउत, महासचिव रविन कँडेल, सचिव भुवन ढकाल, कोषाध्यक्ष मच्छिन्द्र बस्नेत तथा कार्यसमिति सदस्यहरू विवेक श्रेष्ठ, धनञ्जय पौडेल, मीना भट्ट र सुदर्शन गौतमको सक्रिय सहभागिता रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको