ट्रेड टावरको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । यस अघिका १२२ कारोबार दिनमा सकारात्मक सर्किट लागेको यो कम्पनीमा आजको कारोबार जारी रहँदा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ ८० पैसाले घटेर १ हजार ३३ रुपैयाँ २० पैसामा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । साउन १ गतेदेखि कारोबार सुरु भएको यो कम्पनीको सेयर मूल्य त्यस पछि आइतबार (हिजो) सम्म सकारात्मक सर्किट लागेर कारोबार भएको थियो ।
यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भए पनि समग्रमा सेयर बजार परिसूचक भने बढेर कारोबार भएको छ । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक १७.३६ अंकले बढेर २८७६.२७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ४७ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस