Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अकंले बढ्यो बजार,कारोबार रकम करिब ११ अर्ब

अर्थ संसार

सोमबार, १९ साउन २०८२, १५ : ०१ मा प्रकाशित

दोहोरो अकंले बढ्यो बजार,कारोबार रकम करिब ११ अर्ब

तीन दिनसम्म निरन्तर ओरालो लागेको सेयर बजार आज सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोडमाथिको कारोबार भएको छ । यसदिन ६ उपसूचक भने राताम्य भएका छन् भने ७ सूचकमा भने सुधार आएको छ । आज वाणिज्य बैंकको सेयर सबैभन्दा धेरै १.६२ प्रतिशतले बढेको छ । आज १४० कम्पनीको सेयरमूल्य बढेको छ भने ११० कम्पनीको घटेको छ । 

 आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले कमाएका हुन् । श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ४.७२ प्रतिशतका दरले कमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको