Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टो कारोबारमा ७८ लाखभन्दा बढीको लेनदेन गरेका युवक काठमाडौंबाट पक्राउ

अर्थ संसार

सोमबार, १९ साउन २०८२, १४ : ५४ मा प्रकाशित

क्रिप्टो कारोबारमा ७८ लाखभन्दा बढीको लेनदेन गरेका युवक काठमाडौंबाट पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) मार्फत् ७८ लाख रुपैयाँ कारोबार गरेको आरोपमा २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडास्थित चिसापानी स्थायी घर भई हाल भक्तपुरको कौशलटारमा बस्ने २१ वर्षका सुशान्त दाहाल रहेका छन्। उनलाई साउन १७ गते साँझ करीब ६ बजे काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।

उनले क्रिप्टो करेन्सीमार्फत् ७८ लाख ३० हजार ३८८ नेपाली रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट प्रहरीले एक थान मोबाइल फोन र २ वटा सिम कार्ड बरामद गरेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको