Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल आजै !

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, १२ : १६ मा प्रकाशित

राष्ट्र बैंकले १ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल आजै !

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेकाे हाे ।

बैंकले ९१ दिनकाे अवधिकाे लागि १० कराेड रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७७ साल माघ २० गते परिपक्क हुनेछ । 

त्यस्तै, ३६४ दिनकाे अवधिकाे लागि १ अर्ब ५६ कराेड रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक १६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल आज कार्तिक १७ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर भोलि (कार्तिक १८ गते, मंगलबार) बिक्री हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको