Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलको वार्षिक सभा आज,  २५ प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, ०९ : ०२ मा प्रकाशित

सिद्धार्थ क्यापिटलको वार्षिक सभा आज,  २५ प्रतिशत लाभांश पारित हुने

अर्थ संसार, काठमाडौं - सिद्धार्थ क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार) हुँदैछ ।

कम्पनीको असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा कार्तिक २१ गते, सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा साँझकाे ३ बजेबाट सुरू हुनेछ । 

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश  (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । 
यस्तै सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ भने कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि निर्धारण गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको