Like us!
Follow us!
Connect us!
Watch us!

'सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम'को इकाई आजदेखि बिक्री खुल्ला

अर्थ संसार

बुधबार, १६ असार २०७८, ०९ : ५७ मा प्रकाशित

'सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम'को इकाई आजदेखि बिक्री खुल्ला

सिद्धार्थ क्यापिटल लिमिटेडले आज ( असार १६ गते, बुधबार) देखि सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बिक्री खुल्ला गरेको छ ।  

क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको २० करोड रूपैयाँ बराबरको २ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । याे खुल्लामुखी योजना हो । 

जसमध्ये  ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १० प्रतिशत इकाई कोष प्रवद्धक सिद्धार्थ बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछन् । त्यसपछी बाँकी रहेको इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

लगानीकर्ताले उक्त योजनामा आजदेखि छिटोमा असार २० गतेसम्म र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

फण्डले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60dbf03e25f66.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको