Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : सिद्धार्थ क्यापिटलले असार १६ गतेदेखि खुल्लामुखी योजना बजारमा ल्याउँदै

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, ११ : २६ मा प्रकाशित

लगानीको अवसर : सिद्धार्थ क्यापिटलले असार १६ गतेदेखि खुल्लामुखी योजना बजारमा ल्याउँदै

सिद्धार्थ क्यापिटल लिमिटेडले असार १६ गतेदेखि ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे खुल्लामुखी योजना हो । 

क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये  ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १० प्रतिशत इकाई कोष प्रवद्धक सिद्धार्थ बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछन् । त्यसपछी बाँकी रहेको इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

असार १६ गतेबाट निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा असार २० गतेसम्म र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्डबारे अन्य जानकारी यस प्रकारकाे छ :

60d17b508dd15.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको