Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट फण्डमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, २० असार २०७८, १० : ४७ मा प्रकाशित

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट फण्डमा आवेदन दिने आज अन्तिम मौका

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाईमा आवेदन दिने आज (असार २० गते, आइतबार) अन्तिम दिन रहेकाे छ । याे एक खुल्लामुखी योजना हो । 

सिद्धार्थ क्यापिटल लिमिटेडले असार १६ गते, बुधबारदेखि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम" काे नाममा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये  ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १० प्रतिशत इकाई कोष प्रवद्धक सिद्धार्थ बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछन् । त्यसपछी बाँकी रहेको इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ ।

त्यसैगरी, फण्डकाे बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

60e1431b4a667.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको