Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लाभांश परिमार्जन, नगद र बोनस कति पाउने भए ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, १० : ५९ मा प्रकाशित

कुमारी बैंकको लाभांश परिमार्जन, नगद र बोनस कति पाउने भए ?

अर्थ संसार, काठमाडौं – कुमारी बैंक लिमिटेडले लाभांश परिमार्जन गरेकाे छ । बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेकाे हो । यद्यपी कुल लाभांश भने यथावत रहनेछ ।  बैंकका अनुसार नगद तथा बाेनस शेयरकाे संरचना मात्र परिवर्तन गरिएकाे हो । 

बैंककाे कार्तिक २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । 

यसअघि बैंककाे कार्तिक ५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे थियाे । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको