Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चरले ६२ करोडको आइपिओ जारी गर्ने

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, २० : ०४ मा प्रकाशित

ग्रीन भेन्चरले ६२ करोडको आइपिओ जारी गर्ने

ग्रीन भेन्चर लिमिटेडले सर्वसाधारण सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैंया अंकित मूल्यमा ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्झौतामा दुई संस्थाका बिचमा सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाष चन्द्र संघईले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको