Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १४ : ५५ मा प्रकाशित

आरएमडीसी लघुवित्तले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ८ गते, साेमबार एक दिनका लागि बुकक्लोज गर्ने भएकाे छ । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे हिजाे (कार्तिक २४ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे २२औँ वार्षिक साधारण सभा मंसिर २२ गते, साेमबार हुनेछ । 

सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले कार्तिक १३ गते बिहीबार नै स्वीकृत गरिसकेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको