Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको आइपिओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, ०० : ०० मा प्रकाशित

माउन्टेन इनर्जीको आइपिओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

माउन्टेन इनर्जी नेपालको साधारण शेयर (आइपीओ) आजदेखि सर्वसाधारण लगानीकर्ताको लागि  निश्कासन भएको  । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता आइपिओ निष्काशन गरेको हो । 

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिनेछ ।
लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजनाले नुवाकोट जिल्लाको सुन्दरादेवी स्थित तादीखोला (थप्रेक) जलविद्युत आयोजनाबाट ५ मेगावाट विद्युत उत्पादन कार्य शुरु भै सकेको छ भने  म्याग्दी जिल्लाको नारच्याङ्ग स्थित मिस्ट्री खोला जलविद्युत आयोजनाबाट ४२ मेगावाट जलविद्युत उत्पादन गर्ने बताइएको छ । सो मध्ये ९६.१८ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । 
आयोजनामा नेपालका प्रतिष्ठित व्यवसायीहरुको लगानी रहेको छ । प्रतिमेगावाट लागत न्यूनमुल्यमारही आयोजना निर्माण भएकोले लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफ लपाउन सक्ने सम्भावना रहेको पाईन्छ । 

लगानीको अवसर !! Mountain Energy Nepal Ltd को IPO बारे सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।

उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

पछिल्लो समय सेयर बजारमा देखिएको चमकले गर्दा लगानीकर्ता रोजाइमा यो कम्पनीको आइपिओ पर्नेछ । तर्सथ लगानीकर्ताले न्यूनतम १० कित्ताो लागि १ हजार रुपैयाँ मात्र लगानी गर्दा हुनेछ । 

ऋणमुक्त भयाे रिडी, अब शेयरधनीलाई राम्राे लाभांशः कार्यकारी निर्देशकसँग कुराकानी । Kuber Mani Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको