Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सको बीमाशुल्क ४४.५० प्रतिशतले बढ्यो !

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १५ : ०२ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सको बीमाशुल्क ४४.५० प्रतिशतले बढ्यो !

अर्थ संसार, काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा १० करोड १६ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत वर्षको सोहि अवधीमा कम्पनीले ७ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत वर्षको सो अवधिको तुलनामा यस वर्ष २८.९५ प्रतिशतले नाफा कमाउन सफल भएको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष ४४.५० प्रतिशतले खुद बीमा शुल्क बढाउन सफल भएको छ। यस वर्षको पहिलो त्रैमासमा कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्षकाे यही अवधीमा कम्पनीले ५७ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । 

यसैगरी कम्पनीले ५ अर्ब ६९ करोड १२ लाख ३० हजार रुपैयाँको जीवन बिमा कोषको आकारलाई बढाएर ८ अर्ब ७ करोड ४६ लाख ४५ हजार रुपैयाँमा पुर्याएको छ । गत वर्ष र चालु वर्षको तुलना गर्दा यो ४१.८७ प्रतिशतले बढी हो ।

पहिलो त्रैमासमा कम्पनीले १ लाख ५५ हजार २२७ वटा बीमालेख कायम रहेको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म कम्पनीले ३ लाख ५९ हजार ६६० वटा बीमालेख कायम रहेको थियो।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ७६ करोड १ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको