Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी

अर्थ संसार

आइतबार, १८ पुस २०७८, ११ : ५१ मा प्रकाशित

सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेकाे छ । कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो । 

बीमित थापाले १० लाख रूपैयाँ बीमाङ्कको बीमा लिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको १० लाख, दुर्घटना सुविधा बापत १० लाख र बोनस बापत ४८ हजार रूपैयाँ थप गरी एकमुष्ठ २० लाख ४८ हजार रूपैयाँ बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।

स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत के.सी., दावी विभाग प्रमुख श्री राजु राजचल र दावी विभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरिएको कप्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको