Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको ६६ करोडको आइपिओ साधारणसभाबाट पारित

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १८ : १३ मा प्रकाशित

ज्योति लाईफको ६६ करोडको आइपिओ साधारणसभाबाट पारित

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न तेश्रो वार्षिक साधारण सभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको आइपिओ निश्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको  छ । 

रको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोडको आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ।

साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ।व।०७५र७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल एक अर्ब एक करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ बीमा शुल्क संकलन गरेको जनाएको छ । साथै उक्त अवधिमा कम्पनीले ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँ जीवन बीमाकोष समेत खडा गरेको जनाएको छ ।

सम्भावित जोखिमको मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तियसँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०।५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार खुद मुनाफा आर्जन गरेको जानकारी दिए ।

 कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरि रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको