अर्थ संसार, काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा भएको छ । कम्पनीले १२.६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाकाे हिजाे (कार्तिक २६ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठक निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी जम्मा १२.६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस