Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, मंसिर ३ गतेदेखि युनाईटेड इदी-मर्दीको आइपिओ बिक्री खुल्ला

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १० : ४५ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, मंसिर ३ गतेदेखि युनाईटेड इदी-मर्दीको आइपिओ बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं - तिहार सकिए लगत्तै युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । 

कम्पनीले कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनेको आइपिओ मङ्सिर ३ गतेबाट मात्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

नियमन निकाय धितोपत्र बोर्डको पत्रबाट प्राप्त निर्देशन अनुसार कम्पनीले आइपिओ निष्काशन मिति परिवर्तन गरेको एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

कम्पनीले नेपाल धिताेपत्र बाेर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियाे । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन तथा बिक्री गरिसकेकाे छ । कम्पनीले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।

अब दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता  साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । कम्पनीले पहिलाे चरणमा बिक्री नभएकाे २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जाेडेर  ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

 

ऋणमुक्त भयाे रिडी, अब शेयरधनीलाई राम्राे लाभांशः कार्यकारी निर्देशकसँग कुराकानी । Kuber Mani Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको