Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्काशनको तयारीमा रहेको रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, आर्थिक अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १८ : ४२ मा प्रकाशित

आइपिओ निष्काशनको तयारीमा रहेको रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, आर्थिक अवस्था कस्तो ?

अर्थ संसार, काठमाडौं -  ६० करोड रूपैयाँ बराबरकाे साधारण शेयर (आइपीओ) निष्कासन गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे सोहि अवधिकाे तुलनामा ७८ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले पहिलो त्रैमासमा ५४ करोड ६३ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १५ करोड ८७ लाख रुपैयाँले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ३८ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ६९ करोड ९५ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५३ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको