Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अपि पावरको शेयरमूल्य समायाेजन

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०७७, ११ : ५५ मा प्रकाशित

नेप्सेमा अपि पावरको शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे ९ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १६औं र १७औं वार्षिक साधारण सभा मंसिर ८ गते, साेमबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँमा हुँदैछ । सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको