Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपिओको छिनोफानो आज !

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, ०७ : ४१ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपिओको छिनोफानो आज !


अर्थ संसार, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे दोस्रो वार्षिक साधारण सभा आज  (मंसिर ३ गते, बुधबार) हुँदैछ । बैंककाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

सभाले बैंकले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) काे छिनाेफानाे गर्नेछ । बैंकले यसअघिकाे साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । बैंकले हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्दैछ । 

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै बैंककाे २०७७ असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको